खुल्ला सेभेन ए साइड फुटबल जारी
पाेखरा | असोज १९, २०८०
पोखरा: एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन ।
पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले मसिना एफसीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा रामघाट गुम्बा ‘ए’ ले मन्थन एफसीलाई १–० गोले हरायो । तेस्रो खेलमा नमस्ते एफसीले वाकओभर पायो । प्रतिद्वन्द्वी एसएनएस बि–१३ ले खेलमा सहभागिता नजनाएपछि वाकओभर पाएको हो ।
चौथो खेलमा लामागाउँले संगम एफसीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको हो । पाचौं खेलमा नदिपुरले वाकओभर पायो । प्रतिद्वन्द्वी ढुङ्गेसाघु नाअएपछी वाकओभर पाएको हो ।
प्रतिस्पर्धात्मक बनेको छैटौं खेलमा गेमशालाले कमलपोखरीलाई टाइब्रेकरमा २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।
सातौं खेलमा बि–१३ ले वाक ओभर पायो भण्डारढिकले सहभागिता नजनाएपछि वाकओभर पाएको हो । आठौं खेलमा म्याग्दी चोकले सनसेटलाई ४–१ गोल अन्तरले हरायो । नवौं खेलमा रामघाट गुम्बा ए ले वाकओभर पायो । बिएनएस रुद्र एफसीले सहभागीता नजनाएपछी रामघाटले वाकओभर पाएको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको अन्तिम खेलमा रन्जन मेमोरियलले केआईइसी बुनलाई सडनडेथमा ४–३ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछी खेल सडनडेथमा पुगेको थियो ।
प्रतियोगिता खेलाडीलाई आर्थिक सहयोग गर्नका लागि गरिएको हो । रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

